शीर्षकहरू

करिब ११ करोडले बढ्यो एनआईसी एशिया ग्रोथ फण्डको नाफा

करिब ११ करोडले बढ्यो एनआईसी एशिया ग्रोथ फण्डको नाफा

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डको नाफा साउनमा असारको तुलनामा १० करोड ९६ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । असार मसान्तसम्म ११ करोड ७९ लाख रुपैयाँभन्दा बढी रहेको योजनाको नाफा साउन मसान्तसम्म भने २२ करोड ७६ लाख रुपैयाँभन्दा बढी भएको छ । 

योजनाले असार मसान्तसम्म १३ करोड ५३ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेकोमा साउन मसान्तसम्म २२ करोड ९५ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो । खर्च भने असार मसान्तसम्म १ करोड ७३ लाख रुपैयाँभन्दा बढी भएकोमा साउन मसान्तसम्म २१ लाख ९७ हजार रुपैयाँ मात्र भएको छ । 

यस वर्ष कर समेत ९ दशमलव ५ प्रतिशत प्रतिफल वितरणको प्रस्ताव यस योजनाले गरेको छ । साउन मसान्तसम्म योजनको प्रति इकाई खुद सम्पत्ति मूल्य १३ रुपैयाँ ६९ पैसा छ । असार मसान्तसम्म यो मूल्य ११ रुपैयाँ ४७ पैसा थियो ।

७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ३५ लाख २० हजार इकाई जारी गरेको थियो । ६० करोड २० लाख ५७ हजार रुपैयाँ साउन मसात्सम्म धितोपत्रमा लगानी गरेकोमा यसको बजारमूल्य भने ८३ करोड ६ लाख रुपैयाँभन्दा बढी छ । बैंक मुद्दती निक्षेपमा योजनाले १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।