शीर्षकहरू

कहिले हुन्छ सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज ?

कहिले हुन्छ सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बुक क्लोज ?

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रतिफल प्रयोजनका लागि भदौ २३ गते एक दिन इकाईनधी दर्ता किताब बन्द गर्न लागिएको हो । बुक क्लोजको आधारमा भदौ २० गते बिहीवारसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस वर्ष योजनाले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्न लागेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले गत असार मसान्तसम्म ७ करोड १८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । उक्त अवधिसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ २० पैसा छ ।