शीर्षकहरू

हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विनय कुमार तोदीको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र लिखित जानकारी कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा रहेको कानुन विभागमा गराउनेपर्ने कम्पनीको भनाई छ । 

विद्यमान संस्थापक शेयरधनीहरूबाट आगामी ३५ दिनभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।