शीर्षकहरू

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना सार्वजनिक

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना सार्वजनिक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ योजना संचालनमा ल्याएको छ । बैंकले आउदैँ गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सार्वजनिक गरेको हो । 

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ । 

उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्नेछन् । बैंकले एक करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । 

यो योजना भाद्र ३१ सम्म लागु हुनेछन् ।