शीर्षकहरू

हिमालय उर्जा विकासको हकप्रद शेयरमा आजसम्म आवेदन दिने सकिने

हिमालय उर्जा विकासको हकप्रद शेयरमा आजसम्म आवेदन दिने सकिने

काठमाडौं ।  हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज बुधवार (भदौ १२ गते) अन्तिम दिन रहेको छ । बुधवार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिवक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङले जानकारी गराएको छ ।

कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ । उक्त हकप्रद शेयरका लागि असार १९ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन पाउनेछन् । 

यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  यसमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ । 

हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।  

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।