शीर्षकहरू

लाभांश पारितका लागि कुमारी क्यापिटल बोलायो साधारण सभा

लाभांश पारितका लागि कुमारी क्यापिटल बोलायो साधारण सभा

काठमाडौं ।  कुमारी क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा असोज ३ गते हुने भएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सभा बस्ने निर्णय गरेको हो ।

सभाले प्रस्तावित चुक्तापूँजीको १५ प्रतिशत लाभांश नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्नेछ । साथै आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ । 

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्तीको एजेण्डा समेत राखिएको छ ।