शीर्षकहरू

राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरमा अतिरिक्त पूँजीकोष कायम गर्नु नपर्ने

राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरमा अतिरिक्त पूँजीकोष कायम गर्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर बफरमा अतिरिक्त पूँजीकोष कायम गर्नु नपर्ने व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थालाई चालु आर्थिक वर्ष ‘काउन्टर साइक्लिकल बफर’ का लागि अतिरिक्त पूँजीकोष कायम गर्नु नपर्ने भएको छ । गत आर्थिक वर्षसम्म काउन्टर साइक्लिकल बफर शुन्य दशमलब ५ प्रतिशत राख्नुपर्ने व्यवस्था थियो। 

नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बैकहरूका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बैकहरूका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

त्यस्तै, चालू आर्थिक वर्ष काउन्टर साइक्लिकल बफर शुन्य प्रतिशत रहने व्यवस्थाले अब बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) ११ प्रतिशत र टायर ओन क्यापिटल (सीसीएआर) साढे ८ प्रतिशत हुन पर्ने व्यवस्था गरेको छ ।  

साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी रु दुई करोड कायम गरिएको छ । यसबाट लघु, घरेलु तथा साना  एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।