शीर्षकहरू

गत वर्ष ८० प्रतिशत दक्ष श्रमिक गए वैदेशिक रोजगारीमा

गत वर्ष ८० प्रतिशत दक्ष श्रमिक गए वैदेशिक रोजगारीमा

काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत सिपयुक्त श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आवमा सात लाख ४१ हजार २९७ श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा गएकामध्ये पाँच लाख ९५ हजार ७५० श्रमिक सिप सहित रोजगारीमा गएको तथ्यांकले देखाएको छ । 

तथ्यांक अनुसार गत आवमा ७३२ उच्च सिप सहितका श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ ।  जसमध्ये १९५ जना महिला र ५३७ जना पुरुष रोजगारीमा गएका छन् । साही अवधिमा दुई हजार ७७२ जना प्रोफेशनल श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये दुइ हजार ४०७ जना पुरुष छन् भने ३६५ जना महिला श्रमिक छन् । 

गत आवमा ६० हजार १२३ जना अर्धदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ ।  जसमध्ये ५३ हजार ४५७ पुरुष छन् भने ६ हजार ६६६ महिला श्रमिक छन् । त्यस्तै, सो अवधिमा पाँच लाख ३२ हजार १२३ जना दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ  । जसमध्ये एक  लाख २२ हजार ८५४ पुरुष छन् भने २२ हजार ६९३ महिला रहेका छन् । 

केही समय अघि अर्धदक्ष श्रमिकको लागि मुख्य स्रोत मुलुकको रुपमा चिनिने नेपाल विस्तारै दक्ष श्रमिक पठाउन मुलुकमा रुपमा रुपान्तरण हुँदै गएको तथ्यांकले देखाएको छ ।