शीर्षकहरू

‘नाडा अटो शो २०२४’ शुरु (फोटोफिचर)

‘नाडा अटो शो २०२४’ शुरु (फोटोफिचर)

काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा ‘नाडा अटो शो २०२४’ शुरु भएको छ । मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त शोको उद्धघाटन गरेका हुन् । 

नाडा अटोमावाइल्स एशोसिएश अफ नेपालको आयोजनामा भदौ १६ गतेसम्म चल्ने यस वर्ष नाडा अटो शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् ।  

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको छ । ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् ।  

७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्ने प्रवन्ध मिलाएका छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी रहेका छन् भने १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गरिएको छ । 

शोमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।