शीर्षकहरू

एशियन लाइफले व्यतित बीमालेख पुर्नजागरणमा ५० प्रतिशतसम्म छुट दिने

एशियन लाइफले व्यतित बीमालेख पुर्नजागरणमा ५० प्रतिशतसम्म छुट दिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्ण ब्यतित भएका बीमालेखहरू पुर्नजागरण गराउँदा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले सूचना जारी गर्दै २०८१ साउन मसान्तसमम बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेख भदौ ११ गतेदेखि असोज १० गतेभित्र पुर्नजागरण गराउँदा ५० प्रतिशतसम्म छुट दिने भएको हो । 

कम्पनीले ५ वर्षदेखि माथीका बीमालेखमा ५० प्रतिशत र २ वर्ष देखि ५ वर्षभन्दा कम अवधिको बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिने जानकारी दिएको हो । २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने भनाई समेत कम्पनीको छ । 

एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट प्रदान नगरिने जानकारी समेत कम्पनीले गरेको छ ।