शीर्षकहरू

गोरक्ष हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारण सभा

गोरक्ष हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले असोज ३ गते मंगलवार एकै पटक अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले जारी पुँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि, १५ प्रतिशत शेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

अधिकृत पुँजी वृद्धि गरी रू. १ अर्ब ५० करोड र तत्काल जारी पुँजी वृद्धि गरी रू. १ अर्ब ३० करोड पुर्‍याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ (२) संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

त्यस्तै आव ०७९।८० र ०८०।८१ को कार्य प्रगति, वार्षिक लेखा परीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यावसायिक विशेषज्ञ मनोनीत गर्ने एजेण्डा रहेको छ ।