शीर्षकहरू

तौलिहवा पुग्ने ४१ किलोमिटर सडकखण्ड खन्डहरमा परिणत, सवा २ अर्बको परियोजना ३ बर्ष नबित्दै स्वाह

तौलिहवा पुग्ने ४१ किलोमिटर सडकखण्ड खन्डहरमा परिणत, सवा २ अर्बको परियोजना ३ बर्ष नबित्दै स्वाह

भैरहवा ।  रुपन्देही सदरमुकाम भैरहवादेखि विश्व–पर्यटनको केन्द्र लुम्बिनी हुदैं कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडकखण्ड विगतमा २ लेनको थियो । ४१ किलोमीटर १ सय ३० मिटर लामो सो सडक खण्ड अन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौहिवासम्म २ लेनको सडक निर्माण भएको हो ।

 भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले २ अर्ब ८ करोड ८४ लाख ५४ हजार १ सय ५४ रुपैया ७५ पैसा लागतमा उक्त कार्य गरेको हो । करिब सबा २ अर्बको उक्त परियोजना निर्माण भएको ३ बर्ष नबित्दै लथालिङ्ग भइसकेको छ । बुद्धचौकदेखि एअरपोर्टसम्म सडकको दायाँबायाँ बनाइएका फलामे रेलिङ भाचिएका छन् । सडकको दायाँबायाँको रेलिङहरु यतिबेला हराएका छन् । रेलिङ भाचिएका छन् ।  सडकको दायाँबायाँ कबाडको थुप्रो जस्तो छ । २ लेनको सडक हुँदा आपैअपाको बगैचा जस्तो देखिने उक्त सडक छ ।   

२०१७ जुलाई १४ मा निर्माण कार्य सुरु  भएको उक्त सडकको स्तरोन्नती कार्य डिसेम्बर २०२० मा पुरा सम्पन्न भएको थियो ।  निर्माणको समयदेखि नै उक्त सडकमा झेल्ली नभएको होइन ।  तीन पटकसम्म त लागत भेरियसन पनि भएको थियो । शुरुवातमा १ अर्ब ९३ करोड ६३ लाख ६ हजार २ सय २७ रुपैयाँ ५५ पैसा भएता पनि पछि विभिन्न कारणदेखाई भेरियसन गरिदा ठेक्का कबोल मूल्य बढेर २ अर्ब ८ करोड ८४ लाख ५४ हजार १ सय ५४ रुपैया ७५ पैसा हुन पुगेको थियो । यतिबेला निर्माण भईसकेपछि लथालिङ्ग, भताभुङ्ग भएको छ । 

बर्षौदेखि हुलाकी सडकको रुपमा परिचीत रुपन्देहीको भैरहवादेखी, लुम्बिनी हुदैं कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हेर्दा लाजमर्दो भएको छ ।  उक्त सडक खण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानब बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् । पर्यटकहरु दुर्गन्धको कारण नाक थुनेर हिड्नु परेको छ । जथाभावि पार्किंग छ । सडक बसपार्क होकि, कबाड स्थल होकि, वर्कसप स्थल हो कि छुट्टाउनै मुश्किल हुन थालेको छ ।  

एशियाली विकास बैंकको सबा २ अर्ब लागत सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक निर्माण सम्पन्न भएको पाँच महिनामै भत्किदा अख्तियारले समेत ल्याब टेस्ट गरेको थियो । त्यतिबेला समेत कैफियत देखिदा निर्माण कम्पनीले जरिबाना तिरेको थियो । 

उक्त सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सलट्यान्टको काम गरेको थियो । ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दूई–दूई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडक खण्डमा ३६ वटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५१ सय रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पुरा भएको छैनन । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको थियो ।

स्थानिय भरतराज भट्राइले सिद्धार्थनगर पर्यटकीय नगर भएता पनि व्यवस्थित बस्पार्क नहुँदा अस्तव्यस्त बनेको बताए । भट्टराईले २०७४ सालको स्थानिय निर्वाचनको एजेन्डामै राखी सबै ग्यारेजका लागि अटोभिलेज बनाउने काम अघी सारेता पनि अहिलेसम्म पुरा हुन नसकेको बताए । सियारी बाट दैनिक जसो यो बाटो आवत जावत गर्ने धन प्रसाद पाण्डेले प्रर्यटकीय नगर सिद्धार्थनगरमा जुन रुपमा काम हुनु पर्ने हो त्यो हिसाबले काम नभएको बताउँछन् । उनले ठेला लगाउनेहरुले जथाभावी फोहोर गर्दा समेत नगरपालिकाले ध्यान नदिएको बताए ।

स्थानिय शैलेश उपाध्यायले सडकमा लगाइएका रेलिङ र डिभाइडर जथााभावी भाचिएका र नालीको ढक्कन निक्लदा समेत नियमक निकायले ध्यान नदिएको बताँउछन् । अटो चालक समेत रहेका स्थानीय सुनिल यादवले विगत सुरुवाती दिन देखीनै लगाइएका रेलिङ व्यवसाय गर्ने व्यवसायीले आफ्नो स्वार्थका लागी काटी दिने र डिभानइडर नै सार्ने गरेको बताँउछन् ।

स्थानीय मोहन राजभरले स्थानीय निकायले अनुगमन नगर्दा यस्ता कामले प्राथमिक्ता पाएको बताँउछन् । रुपन्देही जिल्लामा ट्राफिक जनशक्तीको अभावले जथाभावी प्राकीङ नियन्त्रणमा फीतलोपन आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बजिर सिंह बिस्टले बताए । उनले जथाभावी ग्यारेज हुँदा सवारी चालकले गाडी बिग्रीएको बाहानामा सडकमै गाडी पार्कीङ गर्ने गरेको बताए ।

प्रमुख विष्टले नगरपालिकाको समन्वयमा पार्किङ व्यवस्थित गर्ने तर्फ लागि रहेको बताए । यसरी बिजोग हुदाँ पनि स्थानिय सरकार भने थाहाँ नपाए झै छ । ग्रीन भैरहवा क्लिन भैरहवा, ब्युटिफुल भैरहवाको नारा दिएर चुनाब जितेका मेयर खानको आफै अलमलमा छन् । सके सम्म सञ्चार क्षेत्रमा आउन चाहदैनन् । सिद्धार्थनगरलाई स्वच्छ र हराबरा बनाउन नगरपालिका, प्रहरी र यातायात व्यवसायी एकबद्ध हुनु जरुरी छ ।