शीर्षकहरू

उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपालमा

उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपालमा

काठमाडौं । विश्वभर प्रशिद्ध मोटरसाइकल निर्माता सीएफमोटो अत्यन्त प्रतिक्षित ४५० एमटी नेपालमा सार्वजनिक भएको छ । ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने कम्पनीको दावी छ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी हुन सक्ने कम्पनीको भनाइ छ ।
 
४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन भएको  मोटरसाइकल हो । जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएम दिने कम्पनीको दावी छ । शहरमा क्रुज गर्दा होस् या कुनै भूभाग ४५० एमटीले स्मुथ र पावरफुल राइड दिने र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

स्लिम र आक्रामक डिजाइन
४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्षण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्याण्ड आउट बनाउँछ । 

पूर्ण रूपमा लिड लाइटले सुसज्जित, ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने कम्पनीले बताएको छ । यसको डिजाइनलाई आधुनिक लुक पनि दिएको छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ केजी रहेको छ साथै बाइक बुस एबीएस र  टीसीएसले पनि सुसज्जित रहेको छ ।

अत्याधुनिक प्रविधि र सुविधाहरू
सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित छ । बाइकमा पूर्ण रूपमा डिजिटल टीएफटी ६ इन्चको डिस्प्ले रहेको छ जसमा बाइकको सबै जानकारी जस्तै स्पीड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन। ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् ।

सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको कम्पनीको भनाइ छ । बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्ने कम्पनीको दावी छ । साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा एबीएले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण गर्न सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बुस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशील्ड र केबाइबी सस्पेन्सन रहेको छ ।      

आरामदायी र भर्सटाइल टुरिङ
एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायि प्रदान गर्ने कम्पनीको दावी छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट रहेको कम्पनीको भनाइ छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्ने कम्पनीको दावी छ  । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्ने कम्पनीको भनाइ छ ।

१७ छ लिटरको ठूलो फ्युल ट्याङ्कले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा गर्न सहज हुने कम्पनीको भनाइ छ ।
 
सीएफमोटोको बारेमा
 एक अग्रणी हाई परफरमेन्स मोटरसाइकल, अल टेरेन भेहिकल्स -ATV) र साइड–बाइ–साइड युटिलिटी भेहिकल्स उत्पादक हो। नवीनता र गुणस्तरमा प्रतिबद्ध, सीएफमोटोले आफूलाई विश्वव्यापी मोटरसाइकल बजारमा भरपर्दो ब्रान्डको रूपमा उभाएको छ। कम्पनीका उत्पादनहरू असाधारण प्रदर्शन, विश्वसनीयता, र राम्रो मूल्य प्रदान गर्न बनाइएका हुन्छन् ।