शीर्षकहरू

मोदीले जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिए

मोदीले जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिए

एजेन्सी । रुस र युक्रेनबीच साढे दुई वर्ष लामो युद्धको बीचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा मोदीले जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन्। दुई नेताबीच धेरै द्विपक्षीय विषयमा छलफल भएको थियो । बैठकपछि विदेशमन्त्री एस जयशंकरले पत्रकार सम्मेलन गर्दै मोदी र जेलेन्स्कीले युद्धपछि भारतले रुसबाट तेल किन्ने कुरा पनि गरेको बताए ।

जयशंकरले भने, ’तेल किन्ने निर्णय बजारको अवस्था हेरेर लिइन्छ। यसको पछाडि कुनै राजनीतिक कारण छैन।ू यसअघि मोदी जेलेन्स्कीसँगै युक्रेनको राष्ट्रिय संग्रहालय पुगेका थिए, जहाँ उनले युद्धमा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले बालबालिकाको स्मारकमा पुतली पनि राखे ।‘

प्रधानमन्त्री मोदी युक्रेन भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। सन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेनको स्थापना भएको थियो । त्यसयता कुनै पनि भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गरेका छैनन् ।