शीर्षकहरू

मर्स्याङ्दी बस दुर्घटना : मृत्यु हुनेको संख्या २७ पुग्यो, घाइते १६ जनालाई काठमाडौं ल्याइयो

मर्स्याङ्दी बस दुर्घटना : मृत्यु हुनेको संख्या २७ पुग्यो, घाइते १६ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको भारतीय यात्रु सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको  युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बरप्लेटको बस  दिउँसो साढे ११ बजे दुर्घटनामा परेको थियो ।

बसमा ४१ जना यात्रु र चालक तथा सहचालकसहित ४३ जना सवार थिए । तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमका अनुसार १६ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ । उनीहरूको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।