शीर्षकहरू

आरती पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

आरती पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँका दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो । 

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आरती पावर कम्पनीका कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यस कम्पनीको अधिकृत पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पुँजी पनि १ अर्ब ४० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ०४ करोड रहेको छ । माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित छ ।