शीर्षकहरू

नेशनल फण्ड म्यानेजमेन्टले अवितरित हकप्रद लिलामी प्रक्रिया राेकियाे

नेशनल फण्ड म्यानेजमेन्टले अवितरित हकप्रद लिलामी प्रक्रिया राेकियाे

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले हाललाई अवितरित हकप्रद शेयर लिलामीमा नल्याउने भएको छ । बिहीवार भदौ १३ गतेदेखि ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री खुला गर्ने सूचना जारी गरेको कम्पनीले शुक्रवार पुनः सूचना जारी गर्दै हाललाई प्रक्रिया र गरिएको जानकारी दिएको हो । 

कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट ५० प्रतिशत हकप्रद शेयर संस्थापक शेयरधनीहरूलाई बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । सो बमोजिम कम्पनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म ५४ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । 

कम्पनीले हाल कायम चुक्तापुँजी ५४ करोड रुपैयाँको आधारमा प्रति शेयर ५० रुपैयाँ अंकित मूल्यमा ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्दा ११ लाख ७२ हजार कित्ता शेयर भने वितरण हुन नसकेको हो । 

सर्वसाधारणमा कम्पनीले न्यूनतम प्रतिकित्ता ५० रुपैयाँमा प्रिमियम वापत् ५० रुपैयाँ थप गरी १०० रुपैयाँमा अवितरित हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको थियो ।