शीर्षकहरू

नेशनल फण्ड म्यानेजमेन्टले अवितरित हकप्रद शेयर लिलामी गर्दै

नेशनल फण्ड म्यानेजमेन्टले अवितरित हकप्रद शेयर लिलामी गर्दै

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद शेयर भदौ १३ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट ५० प्रतिशत हकप्रद शेयर संस्थापक शेयरधनीहरूलाई बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । 

सो बमोजिम कम्पनीले असार १९ गतेदेखि साउन २२ गतेसम्म ५४ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ५४ करोड रुपैयाँको आधारमा प्रति शेयर ५० रुपैयाँ अंकित मूल्यमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा ११ लाख ७२ हजार कित्ता शेयर भने वितरण हुन नसकेको हो । 

सर्वसाधारणमा विक्री खुला भएको अवितरित यी हकप्रद शेयरको न्यूनतम मूल्य ५० रुपैयाँमा प्रिमियम वापत् ५० रुपैयाँ थप गरी १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । 

आगामी भदौ २० गतेभित्र कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २१ गते विहान ११ बजे सानिमा क्यापिटलको कार्यालया खोलिने कार्यक्रम तय भएको छ ।