शीर्षकहरू

स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने

स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने

काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन् ।

केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आरओ ड्रिङ्किङ वाटर सिस्टम जडान गर्ने कम्पनीले जनाएको छ ।

स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कँडेल साथै मार्केटिंग एक्जुकुटिव  विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको समाचारमा जनाइएको छ ।