शीर्षकहरू

तीन बर्षमा ६१ लाख २८ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत

तीन बर्षमा ६१ लाख २८ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत

काठमाडौं : विगत तीन वर्षको अवधिमा ६१ लाख २८ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । केन्द्रिय बैकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै १५ लाख ५१ हजार २५१ कित्ता शेयर सुचीकृत भएको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवमा भने ३१ लाख ४६ हजार ४०९ कित्ता शेयर सुचीकृत भएको छ ।

नेप्सेमा सुचीकृत भएका शेयरमध्ये वाणिज्य बैंकको हिस्सा अधिक छ । सुचीकृतमध्ये २८ प्रतिशत शेयर वाणिज्य बैंकको छ । २६ प्रतिशत जलविद्युत कम्पनीको छ भने २५ प्रतिशत बीमा कम्पनीको शेयर सुचीकृत भएका छन् । 

केन्द्रिय बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको ३५ लाख २८ हजार ७११ कित्ता शेयर सुचीकृत भएको छ । विकास बैंकको भने एक लाख चार हजार ६०५ कित्ता शेयर सुचीकृत भएको छ । यो भनेको कुल सुचीकृत शेयर संख्याको ३ प्रतिशत मात्रै हो । 

त्यस्तै, बीमा कम्पनीहरुको पाँच लाख ७८ हजार १९५ कित्ता शेयर सुचीकृत भएको छ । गत आवमा भने बीमा कम्पनीहरुको तीन लाख २९ हजार ५६४ कित्ता शेयर सुचीकृत भएको थियो । 

वित्त कम्पनीको भने २६ हजार ४२४ कित्ता शेयर सुचीकृत भएको छ । गत आवमा भने दुई हजार ३०६ कित्ता शेयर सुचीकृत भएको छ । 

त्यस्तै गएको तीन बर्षमा लघुवित्त कम्पनीको एक लाख ३५ हजार १४७ कित्ता शेयर सुचीकृत भएको छ । उत्पादन क्षेत्रको ६ हजार ६२६, होटल क्षेत्रको २६ हजार ९५३ कित्ता, जलविद्युत कम्पनीहरुको १० लाख १२ हजार १३७ र अन्य क्षेत्रको सात लाख ८ हजार ७१२ कित्ता शेयर सुचीकृत भएको छ । 

सुचीकृत भएका शेयरमध्ये ६६ प्रतिशत प्राथमिक शेयर छन् । अर्थात् ३१ लाख ९१ हजार २९५ किता साधारण शेयर सुचीकृत भएका छन् । ३८ हजार ७९० हकप्रद शेयर सुचीकृत भएका छन् । यो संख्या सुचीकृत शेयर संख्यामध्ये १६ प्रतिशत हो । त्यस्तै, ११ लाख ८२ हजथार ६८० वोनश शेयर सुचीकृत भएका छन् । म्युचुअल फण्डको १० लाख ८९ हजार ३७५ कित्ता शेयर सुचीकृत भएको छ ।