शीर्षकहरू

आईएमई लाइफ इन्स्योरेन्सको उपप्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त

आईएमई लाइफ इन्स्योरेन्सको उपप्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उपप्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

खिलेन्द्र पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् । कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनु अघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए । जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म काम गरेका थिए । उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइ.एम.ई. लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।

अमात्य आई.एम.ई. लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाड्ढन, पुनर्बीमा, बीमाड्ढी मूल्याड्ढन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।

त्यस्तै, आई.एम.ई. लिमिटेडको स्थापना देखिनै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन् । आई.एम.ई. ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्स लगायतका कम्पनीहरुमा पौडेल सञ्चालकको भुमिका निर्वाह गरिसकेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्याड्ढर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशिय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स गरेका छन् । साथै, पौडेलले अमेरिका स्थित हार्भड केनेडी स्कुलबाट पोलिसि डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन् ।