शीर्षकहरू

नेपालीलाई विदेशमा बैंक खाता खोल्न र लगानी गर्न प्रतिबन्धमा थप कडाइ

नेपालीलाई विदेशमा बैंक खाता खोल्न र लगानी गर्न प्रतिबन्धमा थप कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध लगाएको छ ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाइएको जानकारी गराएको हो । कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । राष्ट्र बैंकद्धारा जारी वित्तीय सन्देशमा उल्लेख छ ।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकार राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।