शीर्षकहरू

जापानमा हुने वादोरियो कराते डो प्रतियोगितका लागि ६ खेलाडीलाई बिदाई

जापानमा हुने वादोरियो कराते डो प्रतियोगितका लागि ६ खेलाडीलाई बिदाई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई रेका छन ।

उनीहरूलाई मंगलबार अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गरेका हुन । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ।

बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि।आर लगायत सहभागी थिए ।