शीर्षकहरू

चार हजार तीन सय ऋणीले तिरेनन् ऋण, ३० सहकारी पनि कालोसूचीमा

चार हजार तीन सय ऋणीले तिरेनन् ऋण, ३० सहकारी पनि कालोसूचीमा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा चार हजारभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । यस महिना चार हजार ३५९ ऋणी कालोसूचीमा परेका हुन् ।    

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ । यसरी ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, व्यक्ति तथा कम्पनी परेको देखिन्छ ।  

साउनमा ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज प्राली समेत कालोसूचीमा परेको छ । यो स्कुल साउन १४ गते कालोसूचीमा परेका हो । जसको सञ्चालक दिलीप कुमार विष्ट, दिवस शाक्य, हिक्मत थपलिय, जानकी शारण यादव र रेगन प्रसाईँ रहेका छन् ।   

साउन ९ गते गोठालो फार्म हाउस वाइल्डलाइफ क्याप्स प्राली समेत कालोसूचीमा परेको छ । जसका सञ्चालक विनोद प्रसाद घिमिरे रहेका छन् । साउन ६ गते नारायणी तिम्सिना र सुरेश नेपालले सञ्चालन गरेको पश्चिम पोखरा एकीकृत पशुपालन तथा कृषि फार्म पनि कालोसूचीमा परेको छ ।  

३० सहकारी पनि कालोसूचीमा    

कर्जा सूचना केन्द्रका अनुसार साउन महिनामा ३० सहकारी संस्था पनि कालोसूचीमा परेका छन् । यस महिनाको तेस्रो दिन अर्थात् साउन ३ गते चार सहकारी कालोसूचीमा परे । सिद्धदेवी बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लगायत सहकारीहरू कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

हेरौँ, कुन–कुन सहकारी परे