शीर्षकहरू

राष्ट्रिय सहकारी बैंक एक अर्ब ७५ करोड घाटामा

राष्ट्रिय सहकारी बैंक एक अर्ब ७५ करोड घाटामा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा राष्ट्रिय सहकारी बैंकले एक अर्ब ७५ करोडभन्दा बढी घाटा व्यहोरेको छ । सोमबार सार्वजनिक गरिएको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हेर्दा बैंक एक अर्ब ७५ करोड ४२ लाख २७ हजार रुपैयाँ घाटामा गएको हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले २० करोड ४३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको खराब कर्जा बढेका कारण नाफामा असर परेको देखिन्छ । गत आवमा यस बैंकको खराब कर्जा २१.९१ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा यस्तो कर्जा ७.९५ प्रतिशत रहेको थियो ।  

उक्त वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६१ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा बैंकले एक अर्ब ६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३४.७१ प्रतिशतले घटेको छ । 

बैंकको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ८९ पैसा ऋणात्मक छ । बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।