काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव लगायत विविध प्रस्ताव पारितका लागि भदौ २३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।