शीर्षकहरू

यस्ता छन् क्वाँटी खानुका फाइदा

यस्ता छन् क्वाँटी खानुका फाइदा

काठमाडौं । नेपालीहरूको विभिन्न चार्ड मध्ये जनैपूर्णिमामा पनि एक हो । जर्नपूर्णिमामा  क्वाँटी खाने प्रचलन छ । यो वर्ष पनि जनैपूर्णिमा साउन २९ गते परेको छ । जनै पूर्णिमाको दिन बिशेष गरेर ब्राह्मण जातीले पुरानो जनै निकालेर नयाँ जनै लगाउने गर्दछन्  भने यस चाडमा क्वाँटीलाई विषेश मानिन्छ । 

चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता विषेश महत्व भएको हो । 

हामीले खाने क्वाँटी विभिन्न देश इन्डिया, भुटान, अस्टेलियाबाट आउने गर्दछ भने नेपालको पश्चिम क्षेत्र र लुक्लाबाट आउने गरेको छ । क्वाटीमा बिषेश चना, भटमास, केराउ, मास, मुसुरो, बोडी, राजमासिमि, मुगु, मस्याङ्, बकुल्ला, लगायतका सामानहरू मिलायर क्वाँटी तयार गरिन्छ । 

मानिसको शरिरमा चाहिने पौष्टिक आहार क्वाँटीमा पाइन्छ । यस्तो गेडागुडी सबै उमेर समुहका मानिसहरूलाई खानको लागि योग्ग मानिन्छ । टुसा उम्रेका गेडागुडीले कुपोषण जस्ता रोगबाट बचाउनुका साथै प्रतिरोधक क्षमता बढाउँछ ।

क्वाँटी शरीरमा सजिलै पाच्य हुन्छ, शरीरमा अनावश्यक वायु रहदैन, क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सि, भिटामिन ई तथा खनिज पर्दार्थ प्रसस्त मात्रामा पाइन्छ, यसले थकाई कम हुन्छ र तनाबबाट मुक्त गराउँछ, क्वाँटीको नियमित सेवनले स्मरणशक्ति बढ्छ, मानसिक स्वास्थ्यमा सुधार आउँछ, रक्तसञ्चार तथा स्नायु प्रणललिाई धेरै फाइदा हुन्छ । 

परम्परा देखिनै चल्दै आएको क्वाँटी खाने प्रचलन नेपालीहरूको लागि संस्कृति अंग मध्ये  यसलाई पनि एक अंग मानिन्छ । क्वाँटीमा सामान्य गेडागुडी भन्दा छुट्टै भिटामिन पाइन्छ । यसमा प्रोटिन संगै आइरन, म्याग्निज, फोस्फोरस पोटेसियम, म्याग्नेसियम, लगायत खनिज पर्दार्थ समेत पाइन्छ ।