शीर्षकहरू

सिटिजन्स बैंकको भिडिओ प्रतियोगिताका विजयीलाई नगद पुरस्कार वितरण

सिटिजन्स बैंकको भिडिओ प्रतियोगिताका विजयीलाई नगद पुरस्कार वितरण

काठमाडौं । सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) भिडियो प्रतियोगिताका विजयी निकिता गुरुङ भएकी छन् ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा पार्टनर फर प्रोग्रेस  फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।

व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मानस्वरुप चेक हस्तान्तरण गरेका छन् ।

प्रथम निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५०,००० रु ३०,००० र रु २०,००० प्रदान गरिएको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतिको लागि श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकै नै महत्वपूर्ण हुने कुरा उनीहरुले आ–आफ्नो भिडियोमार्फत् बताएका थिए ।