शीर्षकहरू

हरर कमेडी फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा धमाका मच्चायो

हरर कमेडी फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा धमाका मच्चायो

एजेन्सी । भारतीय नायिका श्रद्धा कपुर र नायक राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिनदेखि नै राम्रो कमाई गरिरहेको छ । चलचित्रले दोस्रो दिन पनि ‘स्त्री २’ मा नोटको भारी वर्षा भएको थियो । फिल्मले बक्स अफिसमा धमाका मचाउने क्रम जारी छ । 

भारतको स्वतन्त्रता दिवसमा रिलिज भएको ‘स्त्री २’ बाट फ्यानहरुले पहिले नै धेरै अपेक्षा गरेका थिए तर यो फिल्मले अपेक्षाभन्दा धेरै कमाएको छ । ‘स्त्री २’को बक्स अफिसमा प्रतिस्पर्धा अक्षय कुमारको फिल्म ‘खेल खेल मे’ र जोन अब्राहमको ‘वेद’सँग थियो ।  तर श्रद्धा–राजकुमारको फिल्म ‘स्त्री २’ ले भारतमा रिलिजको पहिलो दिन ७६.५० करोड कमाएको छ ।