शीर्षकहरू

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, तीन वटा हिमताल फुटेको आशंका

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, तीन वटा हिमताल फुटेको आशंका

काठमाडौं । सोलुखुम्बुको  खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ स्थित थामे गाउँ डुबानमा परेको छ । दूधकोशी नदी किनारमा रहेको उक्त गाउँ डुबानमा परेको हो ।

थामे नजिकै ठुलो बाढी आइरहेकाले दूधकोशी किनारमा रहने सबैजनालाई सचेत हुन गाउँपालिकाले अनुरोध गरेको छ । वर्षा नभइरहेको अवस्थामा एक्कासी बाढी आएकाले हिमताल फुटेको हुनसक्ने अनुमान गरिएको छ । बाढीले थामे गाउँ डुबानमा परेको छ । उक्त गाउँमा ४५ घरधुरी रहेका छन् । थामे जोरसल्ले नाम्चेभन्दा तल रहेको गाउँ हो । 

टासिलाप्चा बेसक्याम्प नजिक रहेको तीन वटा पोखरी विष्फोट भएको अनुमान गरिएको छ ।

हिमपहिरो हो वा हिमताल फुटेको हो भन्ने यकिन नभइसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । क्षतिको विवरण आइनसकेको उनले जानकारी दिइन् ।