काठमाडौं । निओ मनी ट्रान्सफर र बेलायतको मनीटू लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ ।
सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारी साथसाथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले बेलायत निकै आकर्षक गन्तव्य हो । हाल बेलायतमा एक लाख ५० हजारभन्दा बढी नेपालीहरु आफ्ना परिवारका लागि काम गर्न साथ साथै उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् ।
बेलायतमा रहेका नेपालीहरुले अब मनीटूको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।
बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीहरुको खातामा भुक्तानी हुने कम्पनीको भनाइ छ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनी ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने बताएको छ ।