शीर्षकहरू

एशियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

एशियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ५ लाख ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २७५ रूपैयाँ अंकित मूल्यमा योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

साउन ३२ देखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले भदौ २१ गतेभित्र आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी कम्पनीको शेयर विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।