शीर्षकहरू

१० वाणिज्य बैंकको अडिट भारतीय कम्पनीले गर्ने

१० वाणिज्य बैंकको अडिट भारतीय कम्पनीले गर्ने

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अडिट भारतीय कम्पनीले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंक अडिट गर्न आव्हान गरेको बोलपत्रमा भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत छनोट भएको छ ।

 बिहिबार जारी भएको नेपाल राष्ट्र बैंकको सूचनामा अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ) ले नेपालका बाणिज्य बैंकहरुमा बाह्य अडिट गराउन पर्ने सर्त अनुसार १० वाणिज्य बैंकको लेखापरिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउन अडिट फर्म नियुक्ति गरिएको राष्ट्र बैंकले जनाएको छ । 

जसमा नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड को ले आवेदन दिएका थिए । यी मध्ये भारतीय कम्पनीले अडिटको जिम्मा पाएको हो ।