शीर्षकहरू

मन्त्रालयका समस्या समाधानबारे सहकारीमन्त्री र परराष्ट्रमन्त्रीबीच छलफल

मन्त्रालयका समस्या समाधानबारे सहकारीमन्त्री र परराष्ट्रमन्त्रीबीच छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका विभिन्न विकल्पबारे छलफल भएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको भेटमा आ-आफ्नो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो । 

अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकार सम्पन्न नियामक निकाय गठनलगायतको विषयमा छलफल भएको छ । मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । 

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो ।