शीर्षकहरू

रूसमा क्षेत्रीय संकटकाल घोषणा

रूसमा क्षेत्रीय संकटकाल घोषणा

एजेन्सी । रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय संकटकाल घोषणा गरेको छ । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको  यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् । 

उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।  

‘जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा संकटकालिन अवस्था घोषणा गरिएको छ’, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उल्लेख छ । 

क्षेत्रीय सरकारले सङ्घीय स्तरमा सङ्कटको घोषणाका लागि अनुरोध गर्न सङ्घीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताएका छन् ।