शीर्षकहरू

नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार

नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९ सय ५७ दशमलब ७५ विन्दुमा बन्द भएको हो ।                                      

आज नेप्सेमा २३ अर्ब ४३ करोड ५ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १५६ वटाको बढेको छ भने ७९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ ।                             

आज नौ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने चार कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । यसका साथै आज दुई कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

बढेको बजारमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा भने नकारातमक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ८६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।