शीर्षकहरू

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदन्छु भन्दै रविले १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भए पश्‍चात पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।