शीर्षकहरू

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बेचन झाविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरीले तयार पारेको रायसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया झाविरुद्ध मुद्दा दायर गरिएको हो । 

झा गत असार १४ गते पक्राउ परेका थिए । उनी पक्राउ परेपनि भुटानी शरणार्थी प्रकरणमा उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने अनुमान गरिएको थियो । तर, उनले यस प्रकरणबारे आफूलाई जानकारी नै नभएको इन्कारी बयान दिएका छन् । उनीविरुद्ध प्रहरीले बलियो प्रमाण फेला पार्न सकेन । उनीविरुद्ध ठगी, लिखत किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको छ ।  

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको र उनीसंगे पैसा पनि नलिएको उनले दाबी गरेका छन् । तर, सचिव पाण्डेले राजनीतिक सम्पर्कमा आएका बेचनमार्फत यस प्रकरणको थप थाहा हुने बयान दिएका थिए । साथै रामशरण केसीले झालाई दुई करोड रुपैयाँको चेक दिएको बताएका थिए ।