शीर्षकहरू

जापानका प्रधानमन्त्री किशिदा आगामी निर्वाचन नलड्ने

जापानका प्रधानमन्त्री किशिदा आगामी निर्वाचन नलड्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

किशिदा सन् २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । उनको तीन वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ । उनी चुनावी दौडबाट बाहिरिएसँगै पार्टीको नेताका लागि सेप्टेम्बरमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने नयाँ नेता प्रधानमन्त्रीको उत्तराधिकारी हुने अवसर मिल्नेछ किनभने संसदको दुवै सदनमा एलडीपीको बहुमत छ ।

पार्टीको भ्रष्टाचार काण्डबाट आक्रान्त हुनुभएका किशिदाप्रतिको समर्थन दर २० प्रतिशतभन्दा तल झरेको छ ।

उनले सेप्टेम्बरमा हुने मतदानमा भाग नलिने घोषणा गर्दै आफ्नो पार्टी देश हितका लागि परिवर्तन भइरहेको देखाउनका लागि नयाँ नेताको लागि अनुमति दिएका हुन् । किशिदाले नयाँ निर्वाचित नेतालाई समर्थन गर्ने बताए । 

यस वर्षको सुरुमा भएको स्थानीय चुनावमा हारले उनको प्रभाव कमजोर बनेको र एलडीपीका सांसदहरूले आगामी आम निर्वाचनअघि नयाँ अनुहारको आवश्यकतामा आवाज उठाएका समय प्रधानमन्त्री किशिदाको यो निर्णय आएको हो ।
 
भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि, किशिदाले धेरै मन्त्री र अन्यलाई पार्टी कार्यकारी पदबाट हटाएर पार्टीमा देखिएका गुट उपगुटहरू विघटन गरेका छन् । यसलाई राजनीतिक वृत्तमा पैसाको लागि अनुकूल राजनीतिको स्रोतको रूपमा आलोचना गरिएको थियो । उनको नेतृत्वमा राजनीतिक कोष नियन्त्रण कानुनलाई कडा बनाउने कानुन पारित भएको छ । 

सुधारका कैयौँ प्रयासबीच पनि उनको नेतृत्वको सरकारप्रतिको समर्थन भने कम हुँदै गएको छ ।