शीर्षकहरू

३७ प्रतिशतले बढ्यो एशियन लाइफको नाफा

३७ प्रतिशतले बढ्यो एशियन लाइफको नाफा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवभन्दा ३६.९१ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ९.४८ प्रतिशत बढेर ७ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ पुगेको छ । आव २०७९/८० मा कम्पनीको खुद बीमाशुल्क ६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । 

यस्तै गत वर्षसम्म कम्पनीको कुल आम्दानी १५.६४ प्रतिशत वृद्धि भई १२ अर्ब २८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७.७४ प्रतिशत बढेर ९ अर्ब ६४ करोड २८ लाख रुपैयाँ र कुल खर्च १४.४३ प्रतिशत बढेर ११ अर्ब २५ करोड रुपैयाँ गरेको छ ।

३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २२ करोड ७२, रिटेन्ड अर्निङमा ३४ करोड ९ लाख र अन्य इक्विटीमा  ४ करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७.६१ रुपैयाँबाट बढेर ९.६६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११.०७  पुगेको छ ।