शीर्षकहरू

टीआरसी विधेयक आजै पारित गर्ने तयारी, शीर्ष नेताले संसद्‌मा सम्बोधन गर्ने

टीआरसी विधेयक आजै पारित गर्ने तयारी, शीर्ष नेताले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक आज संसद्‌बाट पारित गर्ने तयारी गरिएको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) को प्रतिवेदन छलफलका लागि मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस भइसकेको छ ।

आजको बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएमा  भोलि  राष्ट्रिय सभाबाट पनि याे विधेयक पारित गर्ने तयारी रहेको छ । ​