शीर्षकहरू

सामाजिक सञ्जालमार्फत् क्यान्सरपीडित महिलालाई २७ लाख सहयोग

सामाजिक सञ्जालमार्फत् क्यान्सरपीडित महिलालाई २७ लाख सहयोग

पाँचथर । सामाजिक सञ्जालको उपयोग गरी यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि रु २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले  फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए । 

हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो । प्राप्त रकमबाट उनले शल्यक्रिया गराएकी छन् । आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेकी छन् ।