शीर्षकहरू

सडक भासिएपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

सडक भासिएपछि नारायणगढ-बुटवल सडक अवरुद्ध

मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो ।

 सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए ।