शीर्षकहरू

रुसका ३० वटा ड्रोन खसालेको युक्रेनको दाबी

रुसका ३० वटा ड्रोन खसालेको युक्रेनको दाबी

रुसले मङ्गलबार राति युक्रेनमा ३८ वटा शाहेद प्रकारका ड्रोन प्रक्षेपण गरेको र तीमध्ये ३० वटालाई वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।

दक्षिणी, उत्तरी र मध्य युक्रेनको आठ क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको विज्ञप्तिमा उल्लेख छ । रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा दुईवटा इस्कन्डर–एम/केएन–२३ ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको वायुसेनाले जनाएको छ । 

रुसको उक्त आक्रमणबाट ग्यास पाइपलाइन र अस्पताललगायतका पूर्वाधारमा क्षति पुगेको छ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा भएको आक्रमणमा एक जना घाइते भएको सुमी क्षेत्रीय सैन्य प्रशासनले एक विज्ञप्तिमा जनाएको छ ।