शीर्षकहरू

४० अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको नेपाल लाइफको नाफा करिब ३१ प्रतिशत बढ्यो

४० अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको नेपाल लाइफको नाफा करिब ३१ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४० अर्ब ११ करोड रूपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन करिब १० प्रतिशत बढेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३६ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो । 

गत चौथो त्रैमाससम्म कम्पनीले ५१ करोड ३९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३९ करोड २९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड रूपैयाँभन्दा बढी र कुल खर्च ५५ अर्ब ३५ करोड रूपैयाँभन्दा बढी भएको छ । ८ अर्ब २० करोड ७९ लाख ६६ हजार चुक्तापूँजी कायम रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ९ करोड रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोषमा ५ अर्ब २८ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अन्य इक्वीटीमा ७६ करोड १५ लाख रूपैयाँभन्दा बढी छ । 

गत वर्ष कम्पनीले ४९ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको त्लनामा गत वर्ष खुद दाबी भुक्तानी करिब १३ प्रतिशत बढी भएको हो । प्रतिशेयर आम्दानी ६ रूपैयाँ २६ पैसा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रूपैयाँ ११ पैसा छ ।