शीर्षकहरू

सानिमा बैंकको ३८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

सानिमा बैंकको ३८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ३८ हजार ४५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गुर्नपर्नेछ । 

प्रतिकित्ता १४५ रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।