शीर्षकहरू

हिमालयन बैंकको करिब २४ करोड लाभांश वितरण हुन बाँकी

हिमालयन बैंकको करिब २४ करोड लाभांश वितरण हुन बाँकी

काठमाडौं । हिमालयन बैंक लिमिटेडको विगतका आर्थिक वर्षहरूमा वितरण गर्ने निर्णय गरे बमोजिम २३ करोड ७५ लाख रूपैयाँभन्दा बढी लाभांश वितरण गर्न बाँकी रहेको छ ।

कम्पनीले मंगलवार सूचना जारी गर्दै आर्थिक वर्ष २०५०/५१ देखि २०७४/७५ सम्मको नगद लाभांश मध्ये उल्लेखित नगद लाभांश भने वितरण हुन बाँकी रहेको जानकारी दिएको छ । यो लाभांश साविक सिभिल बैंकको समेत समावेश रहेको जानकारी समेत बैंकले दिएको छ ।

पाँच वर्ष पुरानो नगद लाभांश वितरण नभएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यसर्थ आगामी १ महिनाभित्र सम्बन्धित शेयरधनीहरूले बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क राखी लाभांश  बुझ्न बैंकले आग्रह गरेको हो ।