शीर्षकहरू

नबिल बैंकद्वारा विशेष साधारण सभा आह्वान

नबिल बैंकद्वारा विशेष साधारण सभा आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ १७ गते, विशेष सोमबार साधारण सभा आह्वान गरेको छ । आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो। बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । 

उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।