काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले बचत तथा निक्षेप राख्ने ग्राहकलाई ब्याज बापत झण्डै चार खर्ब रुपैयाँ भुक्तानी दिएका छन् । ग्राहकले बैंकमा बचत तथा निक्षेप राखेबापत तोकिएको दरमा व्याज दिनुपर्छ । सोहीअनुसार वाणिज्य बैंकहरुले गत आवमा बचत तथा निक्षेपकर्तालाई ३ खर्ब ९६ अर्ब ६३ करोड ९८ लाख ८२ हजार रुपैयाँ ब्याज दिएका छन् ।
हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब ६५ अर्ब ४८ करोड ११ लाख रुपैयाँ निक्षेप थियो । त्यसको ब्याजवापत बैंकहरुले उक्त रकम भुक्तानी गरेका हुन् ।
बैंकहरुको यो खर्च अघिल्लो आव २०७९/८० को तुलनामा ८.५४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले निक्षेपकर्तालाई ३ खर्ब ६५ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेका थिए ।
गत आवमा बैंकहरुले ऋणको व्याज बापत ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसमा चार खर्ब रुपैयाँ व्याज खर्च घटाउँदा बैंकहरुको खुद ब्याज आम्दानी भने एक खर्ब ९२ अर्ब १२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी नै बैंकहरुको मुख्य आम्दानी हो ।
समीक्षा वर्षमा ग्लोबल आईएमई बैंकको ब्याज खर्च सबै भन्दा धेरै देखिएको छ । उक्त बैंकले ३४ अर्ब ८२ करोड ३६ लाख ९७ हजार रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।
दोस्रो स्थानमा भने नबिल बैंक रहेको छ । उक्त बैंकले ३० अर्ब ९ करोड ६१ लाख ११ हजार रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।
तेस्रो स्थानमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएको छ । उक्त बैंकले २८ अर्ब ४ करोड ८४ करोड ८६ लाख रुपैयाँ व्याज खर्च गरेको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार एनआईसी एसियाले २७ अर्ब ७५ करोड ७८ लाख ४७ हजार, कुमारीले २७ अर्ब ६९ करोड ५४ लाख ८० हजार, हिमालयनले २३ अर्ब ९५ करोड ८० लाख ९६ हजार, लक्ष्मी सनराइज बैंकले २३ अर्ब ४५ करोड ३० लाख २० हजार, प्रभुले २० अर्ब १ करोड १२ लाख ८५ हजार र राष्ट्रिय वाणिज्य बैंकले १९ अर्ब ७१ करोड ३५ लाख २५ हजार रुपैयाँ ब्याज खर्च गरेका छन् ।
यस्तै, एनएमबीले १८ अर्ब ३३ करोड ७ लाख ९१ हजार, प्राइम कर्मसियल बैंकले १७ अर्ब ८४ करोड १२ लाख ८१ हजार, सिद्धार्थले १७ अर्ब ७५ करोड १२ लाख ५७ हजार, कृषि विकासले १७ अर्ब १ करोड ७६ लाख ६९ हजार र नेपाल बैंकले १६ अर्ब ४५ करोड ८ लाख ५० हजार रुपैयाँ ब्याज खर्च गरेका छन् ।
यसैगरि, एभरेष्टले १४ अर्ब ७९ करोड ४३ लाख ६७ हजार, सानिमाले १४ अर्ब ५४ करोड २३ लाख ६८ हजार, सिटिजन्सले १३ अर्ब ९९ करोड ५८ लाख ४६ हजार, नेपाल एसबीआईले १२ अर्ब ८२ करोड १५ लाख ७४ हजार, माछापुच्छ्रेले ११ अर्ब ६१ करोड ५ लाख १ हजार र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब ९२ करोड ५८ लाख ३० हजार रुपैयाँ ब्याज खर्च गरेका छन् ।