शीर्षकहरू

शेयर बजारमा हालसम्मकै सर्बाधिक कारोबार

शेयर बजारमा हालसम्मकै सर्बाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा २५ अर्ब ७७ करोड ९४ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि यहि साउन २६ गते बुधबार नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको थियो ।    

आज नेप्से ९४.५३ अंकले बढेर दुई हजार ८ सय ६० दशमलब ९१ विन्दुमा बन्द भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२५ वटाको बढेको छ भने १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।        

आज कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक करोड ५२ लाख बराबरको कारोबार भएको छ ।